बझाङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु,
२०८१-०९-१९
- A
- A-
- A+
बझाङ:- मिति २०८१।०९।१८ गते २०:३५ बजेको समयमा जिल्ला बझाङ, तलकोट गा.पा.२ सुकगाड स्थित तलकोटबाट चैनपुर तर्फ आउदै गरेको से १ ज ८४३ को जीप अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार चालक जिल्ला बझाङ, केदारस्युँ गा.पा.१ रायल बस्ने बर्ष ३३ को शम्शेर मल्ल, ऐ.तलकोट गा.पा.४ बस्ने बर्ष ३६ को बम बहादुर धामी र ऐ.ऐ.बस्ने बर्ष ७२ की जोगेनी देवी धामीको घटनास्थलमै मृत्यु भएको, घाईते बालिका मृतक बम बहादुर धामीको छोरी बर्ष ५ की आकृती धामीलाई उपचारको लागि जिल्ला अस्पताल बझाङमा पुर्याई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ।
यसैगरी, मिति २०८१।०९।१८ गते २१:०० बजेको समयमा जिल्ला बझाङ, मष्टा गा.पा.१ कोटदेवल स्थित भातेखोलाबाट ऐ. रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१-००१ ज १३९८ जीप अनियन्त्रित भई कच्चि सडक खण्डबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा चालक ऐ. बस्ने बर्ष ४२ को धर्म थापाको घटनास्थलमै मृत्यु भएको, उक्त जीपमा चालक मात्र सवार रहेको ।