प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०९-२०

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०९।१९ गते १७:०० बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा.२ भन्सार कार्यालय स्थित चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ बस्ने बर्ष ३४ को मोहन रानाले चलाएको से ४ प ६८५९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको हेण्डल भित्र लुकाइ छिपाई राखेको अवस्थामा ६ ग्राम १८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल, निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।    

      यसैगरी,  मिति २०८१।०९।१९ गते १९:०० बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा.२ त्रिनगर भन्सार चोक स्थित सु.प.प्र.०१-०११ प ६५३८ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा चालक ऐ.१३ बस्ने बर्ष २९ को बाहाली राना र  स्कुटर पछाडी सवार ऐ. ६ बस्ने बर्ष ३१ को दिपक रानालाई ५०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, स्कुटर, निजहरु दुवै जनालाई लागू औषध नियन्त्रण व्युरो शाखा धनगढी र  प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।     

       यसैगरी,   मिति २०८१।०९।१९ गते १४:३० बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा. १० घुइयाघाट स्थित चालक ऐ. ७ बस्ने बर्ष २५ को प्राभुपन रानाले चलाएको सु.प.प्र.०१-००९ प ५६२४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको अगाडीको भागमा लुकाइ छिपाई राखेको अवस्थामा ८४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल र निज समेत २ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।     

      यसैगरी,   मिति २०८१।०९।१९ गते २३:०० बजेको समयमा जिल्ला कैलालीधनगढी उ...पा.१३ झोलुङ्गेपुल नजिकबाट जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ बस्ने बर्ष २४ को प्रदिप राना र बर्ष ३० को अनिल रानालाई ८९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र लागू औषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।   

      यसैगरी,  मिति २०८१।०९।१९ गते १६:०० बजेको समयमा जिल्ला कैलालीटीकापुर न.पा.२ आखाँ अस्पताल नजिक सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २३ को विक्रम बुढा र बर्ष १९ को मिलन टमटालाई ८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।     

     यसैगरी,   मिति २०८१।०९।१९ गते २१:२० बजेको समयमा जिल्ला कैलालीधनगढी उ...पा.३ केदार टोलबाट  जिल्ला बैतडी, पाटन न.पा.८ घर भई हाल धनगढी उ...पा.३ केदार टोल स्थित नास्ता पसल संचालन गरी बसेको बर्ष ४० को रोसन महराको नास्ता पसलमा खानतलासी गर्दा उक्त पसलबाट ६९ ग्राम ३४० मिलिग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र १० लिटर अवैध घरेलु मदिरा समेत बरामद गरी उक्त पदार्थ र निजलाई वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।   

     कञ्चनपुर:- मिति २०८१।०९।१९ गते १२:३० बजेको समयमा जिल्ला कञ्चनपुर। भिमदत्त न.पा. १८ खैरभट्टी स्थित लागू औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने बर्ष ३१ को कैलाश लुहारको घर कोठा खानतलासी गर्दा ०.५४ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट सालघारी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।      

       डडेल्धुरा:- मिति २०८१।०९।१९ गते १४:५० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.५ बागबजार स्थित बसपार्कबाट ऐ.नवदुर्गा गा.पा.२ बस्ने बर्ष २६ को खेम राज भट्टलाई ०.२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र जिल्ला डोटी, शिखर न.पा.८ गोबघाट बस्ने बर्ष २६ को साजन बलायरको साथबाट प्रिगासप्ट नामक लागू औषध २५ ट्याब्लेट फेला पारी उक्त पदार्थ, निजहरुले प्रयोग गरेको सु.प.प्र.०१-००९ प ९६५२ नम्बरको मोटरसाईकल र निजहरु दुवै जनालाई  जिल्ला प्रहरी कार्यालय  डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।      

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।