अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२० गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा. ९ वालुवाटार स्थित सडक खण्डबाट ऐ, जानकी गा.पा.९ पुर्व खैरीफाँटा बस्ने बर्ष २० को निरज जैसीले चलाएको से ६ प ९०६३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल पछाडीको दुवै साईडको ईन्डिकेटर भित्र लुकाई छिपाई राखेको लुकाइ छिपाई राखेको अवस्थामा ७ ग्राम २६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल, निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८१।०९।२० गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा १० सुकाशालबाट ऐ. ९ ब्रहम्देव बस्ने बर्ष २५ को गगन सिह पाललाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट सुकाशाल, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।