अबैध भन्सार छलिका सामान नियन्त्रण
२०८१-०९-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ वालुवाघाट, शिसा पोष्ट , त्रिनगर ब्यारेल, ऐ. ३ ट्राफिक चौराह र गोदावरी न.पा.१ पुर्व रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,१४,०५०।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, सरप, औषधि, मोबाइलका डिस्प्ले, गाडीका पार्टस, ज्याकेट, कोट, सुट पिस, आउटर, हाइनेक, ट्रेकसुट, भेष्ट, ट्राउजर, क्रिम लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०९।२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.१० गड्डाचौकी ब्यारेल नजिक र ऐ.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,३७,९००।– बराबरको पित्तल र कासोका जस्ता देखिने बिभिन्न भाँडाहरु, घण्टी, घण्टी बजाउने रालो, कट्टु, मोजा प्लाष्टिक झिल्ली, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।