अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२१ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुरबाट ऐ, गोदावरी न.पा. ३ बस्ने बर्ष २० को सुबास थापालाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।२१ गते १८:३५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुर आयुर्वेदिक अस्पताल नजिकबाट सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई ६४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।