फरार प्रतिवादी पक्राउ
२०८१-०९-२४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध खैरो हेरोईन मुद्दामा १ महिना ९ दिन कैद सजाय र रु २,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म,न.पा.३ बस्ने बर्ष २४ को सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०९।२३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।११।१६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुर बस्ने बर्ष अ.५३ को कृष्ण देब पन्तलाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०९।२३ गते पक्राउ गरेको ।