अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२४ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शिवनगरबाट सोही ठाउँ बस्ने बर्ष १९ को सुरज थापालाई ५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।२४ गते २१:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ९ बङग्राकटानबाट सोही ठाउँ बस्ने बर्ष २६ को डम्बर ठगुन्नालाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।२५ गते ०४:०५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ वडा कार्यालय नजिकबाट जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० बस्ने बर्ष २६ को तपेन्द्र पालीले चलाएको सु.प.प्र.०२-००३ प ५२०६ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा निज सहित मोटरसाइकल पछाडी सवार ऐ.९ बस्ने बर्ष २५ को महेश ओड र ऐ.१८ बस्ने बर्ष २७ को नवल बोहराको साथबाट १ ग्राम ९१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोले उक्त पदार्थ, मोटरसाईकल, निजहरु तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।