फरार प्रतिवादी पक्राउ
२०८१-०९-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०९।२४ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
- लागू औषध खैरो हेरोइन मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ मनेहरा बस्ने बर्ष २८ को संजित राना ।
- लागू औषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, टीकापुर न.पा.१ ब्लक नम्बर १४ बस्ने बर्ष २६ को डायमण्ड बिक्रम शाह ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७६।०३।१५ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.९ सुन्दरपुर बस्ने बर्ष २५ को भरत बहादुर बिष्टलाई प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०९।२४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।