अबैध भन्सार छलिका सामान नियन्त्रण
२०८१-०९-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२६ गते १३:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,८००।– बराबरको ढोकाको होल्डिङ, झ्यालको होल्डिङ हुक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको ।
कञ्चनपुर:- मिति २०८१।०९।२६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. ११ भुजेला र पुनर्वास न.पा.२ मोतिबस्तीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५१,१५०।– बराबरको बिभिन्न किसिमका कपडा, प्लाष्टिक झिल्ली, युरिया मल, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।