अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२६ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ब्यरेल नजिकबाट ऐ. मिलन चोक बस्ने बर्ष २४ को सरोज चौधरीलाई ५ ग्राम २९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।२६ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.७ कटानी पुल नजिकबाट ऐ.२ बस्ने वर्ष २० को अविनाश चौधरीले चलाएको से ७ प २४०८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा निज र मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० को दिनेश चौधरीको साथबाट ४१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोले उक्त पदार्थ, मोटरसाईकल, निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय रामपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।२६ गते २३:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बुद्धचोकबाट सोही ठाउँ बस्ने बर्ष २४ को सुमित घिमिरेलाई १ ग्राम ७५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।२६ गते २३:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ पुरानो भन्सार नजिकबाट ऐ. १३ बस्ने बर्ष ३८ को दिपक भट्टलाई 0nerex नामक १५ बोतल लागू औषध जस्तो देखिने पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८१।०९।२७ गते ०२:०० बजेको समयमा गोप्य सुचनाको आधारमा लागू औषध सेवन गरिरहेको अवस्थामा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ देवरियाबाट सोही ठाउँ बस्ने बर्ष २३ को दिप लाल राना समेत ४ जनालाई ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।