जिपको ठक्करबाट मानिस मृत्यु
२०८१-०९-२७
- A
- A-
- A+
बाजुरा:- मिति २०८१।०९।२६ गते १२:३० बजेको समयमा जिल्ला बाजुरा, बुढिनन्दा न.पा.९ अंगाउपानी स्थित मार्तडी-कोल्टी सडक खण्डमा मार्तडीबाट कोल्टी तर्फ जादै गरेको सु.प.प्र.०१-००१ च ४४३० नम्बरको खुद्रा सामान बोकेको जिपले ऐ.१० घर भई हाल ऐ.९ अंगाउपानी छोरीको घरमा बस्ने बर्ष ६० की रुपशिला धामी सडकमा हिडिरहेको अवस्थामा जिपले ठक्कर दिई गम्भिर घाईते भई ऐ.१५:०५ बजे उपचारको क्रममा मृत्यु भएको, जिप र जिप चालक जिल्ला कैलाली, चुरे गा.पा.६ बस्ने बर्ष २४ को लोकेन्द्र साउदलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।