प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०९-२८

  • A
  • A-
  • A+
Share

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

        कैलाली:-   मिति २०८१।०९।२७ गते १८:३० बजेको समयमा जिल्ला कैलालीटीकापुर न.पा.२ विजयनगर स्थित भित्री सडक खण्डबाट लागू औषध सेवन गरि रहेको अवस्थामा ऐ. १ विजयनगर बस्ने बर्ष २५ को श्याम चौधरी समेत दुई जनालाई ४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।        

       यसैगरी,   मिति २०८१।०९।२७ गते २०:३० बजेको समयमा जिल्ला कैलालीगोदावरी न.पा.०१ भगतपुरबाट सोही ठाउँ बस्ने बर्ष २९ को बिरेन्द्र चौधरीलाई २१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।     

       यसैगरी,   मिति २०८१।०९।२७ गते २०:५० बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा.३ ब्यारेल नजिकबाट गोदावरी न.पा.३ बस्ने बर्ष ३४ दिपक चदारालाई ४२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।      

        यसैगरी,   मिति २०८१।०९।२७ गते २३:५० बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा. ४ बसपार्कबाट जिल्ला दार्चुला, व्यास गा.पा.६ खातीगाउँ बस्ने बर्ष २६ को रवीन्द्र सिंह भण्डारीलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।