अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२८
- A
- A-
- A+
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
कैलाली:- मिति २०८१।०९।२७ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.२ विजयनगर स्थित भित्री सडक खण्डबाट लागू औषध सेवन गरि रहेको अवस्थामा ऐ. १ विजयनगर बस्ने बर्ष २५ को श्याम चौधरी समेत दुई जनालाई ४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।२७ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.०१ भगतपुरबाट सोही ठाउँ बस्ने बर्ष २९ को बिरेन्द्र चौधरीलाई २१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।२७ गते २०:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ ब्यारेल नजिकबाट गोदावरी न.पा.३ बस्ने बर्ष ३४ दिपक चदारालाई ४२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।२७ गते २३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ बसपार्कबाट जिल्ला दार्चुला, व्यास गा.पा.६ खातीगाउँ बस्ने बर्ष २६ को रवीन्द्र सिंह भण्डारीलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।