अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२८ गते १४:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ क्याम्पस चोकबाट सोही ठाउँ बस्ने १७ बर्षिय किशोरलाई २३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८१।०९।२८ गते १८:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.८ पचुईबाट जिल्ला कैलाली, गोदाबरी न.पा.२ तेघरी बस्ने बर्ष २१ को कमल खड्कालाई ४.३१ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।