जुवातास खेलिरहेको अबस्थामा ११ जना पक्राउ
२०८१-०९-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२९ गते ०२:०० बजेको समयमा जिल्ला कैलाली, बर्दगोरिया गा.पा.३ खैरेनी स्थित बर्ष ३४ को जिवन खत्रीको घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा निज जिवन खत्री सहित ११ (एघार) जनालाई इलाका प्रहरी कार्यालय बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.६२,८५५।– र ७ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।