अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १९ खेदाघाट र भजनी न.पा.०६ नबलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,६००।– बराबरको बदाम, सुर्ती, बिडी, झ्यालको हुकलक, कब्जा, हत्ता, चिटकनी, छिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०९।२९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. ९ तुम्डानी र पुनर्वास न.पा..९ धनसिगाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९९,५२०।– बराबरको खाने तेल, बिडी, सुर्ती, पेय पदार्थ, नमकिन, सुपारी, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।