गोली हानी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ
२०८१-१०-०१
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८१।०९।२९ गते १६:३० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.३ पथरोडा बस्ने बर्ष ३२ को डम्बर बहादुर थापा मगरले मादक पदार्थ सेवन गरी घरायसी बाद-बिबाद हुदा आफ्नै घर आगनमा आफ्नै श्रीमती बर्ष २४ की अस्मिता थापा मगरलाई एकनाले भरुवा बन्दुकले छातीमा गोली हानी घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समेतबाट प्रहरी टोली खटि गई भरुवा बन्दुक सहित भाग्दै गरेको अवस्थामा निज डम्बर बहादुर थापा मगरलाई नियन्त्रणमा लिई निजको साथमा रहेको भरुवा बन्दुक बरामद गरी अनुसन्धान कार्य भईरहेको ।