अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ रामजानकी मन्दिर नजिक, गोदावरी न.पा.४ गोदावरी बनदेबि मन्दिर नजिक र टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८८,८७०।– बराबरको बिडी, सुर्ती, मेहेन्दी, स्याम्पु, मसाला, साडी, चाउमिन, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।०२ गते ११:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५१,७००।– बराबरको थान कपडा, साडी, हार्डवेयर, साईकल लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।