अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ सिशापोष्ट नजिक, भजनी न.पा.६ महादेउली, कैलारी गा.पा. ७ विपदपुर र जोशीपुर गा.पा.३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१०,६८३।– बराबरको चिनी, गुड, बदाम, चक्लेट, मसला, नरिवल, पास्ता, बिडी, सुर्ती, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।