प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-०४

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८१।१०।०३ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ शिशा पोष्ट नजिकबाट ऐ. १३ बस्ने बर्ष २० को रमेश रानालाई १ ग्राम ३८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

       यसैगरी:- मिति २०८१।१०।०३ गते १९:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाँडीबाट सोही ठाउँ बस्ने बर्ष २९ को गोबिन्द सिहं महरालाई २३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

      यसैगरी:- मिति २०८१।१०।०३ गते ११:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट जिल्ला कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका ७ बस्ने बर्ष २२ को प्रकाश घरेडीलाई ३७ ट्याब्लेट नाईट्रापाम नामक लागू औषध सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

      कञ्चनपुर:-   मिति २०८१।१०।०३ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ गड्डाचौकीमा ऐ. १८ बस्ने बर्ष २१ को मोहन बस्नेतको शरिर चेकजाँच गर्दा निजको साथबाट ७.६५ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ र निजलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            

      यसैगरी,   मिति २०८१।१०।०३ गते १६:३० बजेको समयमा लागू औषध चरेश बिक्री वितरण भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ९ खल्ला बस्ने वर्ष ७७ को डबल कठायतको घर कोठा खानतलासी गर्दा ७९.५० ग्राम लागू औषध चरेश जस्तो देखिने जस्तो देखिने कालो पदार्थ सहित इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।