चितुवाको छाला सहित मानिस पक्राउ
२०८१-१०-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०४ गते १६:४५ बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, भजनी न.पा.३ ठेकीपुरबाट सोही ठाउँ बस्ने बर्ष ५६ को बिहारे चौधरीलाई ७ फीट ४ ईन्च लम्बाई, १ फिट १० ईन्च चौडाई र सानो ठुलो गरी जम्मा १२ वटा चितुवाको दाँत र छाला सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।