अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०५ गते १४:०० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा. १ धनगढी रोड स्थित जिल्ला बैतडी, पाटन न.पा. ८ घर भई हाल धनगढी रोडमा भोले फ्रुट्स सप्लायर्स संचालन गरी बस्ने बर्ष २९ को जग्दिश भट्टले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा उक्त पसलबाट ७३ ग्राम ८४० मिलिग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१०।०५ गते २२:१० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ पार्क मोडबाट सोही ठाउँ बस्ने बर्ष २२ को अभिसेक बसुवा र ऐ.गौरीगंगा न.पा.१ बस्ने बर्ष २२ को बिष्णु गुरुङ्गलाई १९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।