लागु औषध (चरेश) सहित मानिस पक्राउ
२०७९-११-११
- A
- A-
- A+
कैलाली: मिति २०७९।११।१० गते ईलाका प्रहरी कार्यालय बहुलिया र शसस्त्र प्रहरी बल बि.ओ.पी.फुलवारीबाट खटिएको संयुक्त टोलीले धनगढी उप-महानगरपालिका १४ F गाँउ सिमानाका स्थित नेपालबाट भारत तर्फ जादै गरेको जि.रोल्पा थ्वाङ गा.पा.५ बस्ने बर्ष ४५ को कुमार पुन समेत ३ जना मानिसहरुलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ८.५ के.जी.चरेश जस्तो देखिने कालो पदार्थ फेलापारी निज ३ जना र ला.औ.(चरेश) प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।