अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १ बसन्त टोल र जोशीपुर गा.पा. १ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१२,२००।– बराबरको चिनी, बदाम, शेरमुनि, कुर्ता, सुर्ती, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।०६ गते २१:२० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,३९०।– बराबरको चिनी, युरिया मल, सुर्ती, कुरकुरे लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।