प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-०७

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८१।१०।०६ गते १४:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार ब्यारेल नजिकबाट भारतबाट नेपाल आउदै गरेको अवस्थामा ऐ.४ उत्तरवेहडी बस्ने बर्ष २४ को अनिल लामा तामाङ् सहित दुई जनालाई १२ ग्राम ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोले उक्त पदार्थ, निजहरुले प्रयोग गरेको सु.प.प्र. ०२००३ प ६११५ मोटरसाईकल र निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

       यसैगरी, मिति २०८१।१०।०६ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२ जुगेडाबाट ऐ.१ शिवनगर बस्ने बर्ष २२ की अस्मीता चौधरी र ऐ.९ बस्ने बर्ष २२ की रमिता चौधरीलाई १ ग्राम ६०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।               

     यसैगरी, मिति २०८१।१०।०६ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ राजपुरबाट जिल्ला डडेल्धुरा, अमरगढी न.पा. ५ घर भई हाल धनगढी उ.म.न.पा.१३ कोठा गरी बस्ने बर्ष २४ को मिन बहादुर बिष्टलाई २ ग्राम ४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र  लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                  

    कञ्चनपुर:- मिति २०८१।१०।०६ गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ महेन्द्रनगर बजारबाट शंका लागि चेकजाँच गर्ने क्रममा ऐ. ७ बस्ने बर्ष २८ को सागर जोशीलाई १३० मिलिग्राम र ऐ.६ बस्ने बर्ष २७ को निरज बहादुर चन्दलाई ३ ग्राम ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                    

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।