आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१०-०८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१०।०७ गते २२:५५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजी चोक स्थित ऐ.१ बस्ने मदन राज भट्टले संचालन गरेको भट्ट किराना पसलमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा पसल भित्र रहेका किराना लगायतका सामानहरु जलेर नष्ट भएको, मानबिय क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।