अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१९ खेदाघाट, टीकापुर न.पा.९ बालुवाटार र कैलारी गा.पा.५ मनिकापुर जंगलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६५,९५०।– बराबरको बिडी, सुर्ती, बदाम, सुपारी, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।०८ गते ११:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७४,४००।– बराबरको चिनी, खाने तेल, चक्लेट, बिँडी, सुर्ती लगायतका सामानहरु अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।