आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१०-०९
- A
- A-
- A+
डोटी:- मिति २०८१।१०।०८ गते १७:३० बजेको समयमा जिल्ला डोटी, बडिकेदार गा.पा.२ पातलपुरान बस्ने सरीता घर्ती मगरको ढुङ्गा, माटो र काठले बनेको जस्तापाताले छाएको एक तले घरमा बच्चाले आगो ताप्ने क्रममा आगलागी हुँदा घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.२,००,०००।– (दुई लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी नियन्त्रणमा आईसकेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।