फरार प्रतिवादी पक्राउ
२०८१-१०-०९
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।१०।०८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा ९ महिना ९ दिन कैद तोकीएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.२ उल्टाखाम बस्ने बर्ष ३४ को हरीश बोहरा ।
२. लागू औषध मुद्दामा २ महिना ७ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ हात्तिबोझा बस्ने बर्ष २७ को बिरेन्द्र बडायक ।