अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह, भजनी न.पा ६ नवलपुर र ऐ.८ काडा पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३८,७४०।– बराबरको प्याज, बदाम, मोटरसाईकलको प्लक, केक पाउडर, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।०९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. ६ ऐठपुर र बेलौरी न.पा. १ भैसोडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५३,९५०।– बराबरको माछा, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।