प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-१०

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१०।०९ गते १४:५० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकिडाडाबाट संकास्पद रुपमा हिडिरहेको अबस्थामा चेकजाँच गर्दा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ मौरीफाँटा बस्ने बर्ष २५ को बिरेन्द्र भट्टराईलाई ७ ग्राम ५६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र नाईट्रोजेपाम- ९० ट्याबलेट लागू औषध  सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धानगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

      यसैगरी, मिति २०८१।१०।०९ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ विशालनगर स्थित धनगढी FM नजिकबाट सोही ठाउँ बस्ने बर्ष २४ को पुरन सिंह ठकुर, बर्ष ३१ की अनु सुनुवार, जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ८ बस्ने बर्ष २४ को सन्दिप खड्का र जिल्ला डोटी, जोरायल गा.पा.४ बस्ने बर्ष २० को इन्द्रा बुढामगरलाई ३७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

     यसैगरी, मिति २०८१।१०।०९ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डबाट ऐ. ५ बसन्ता बस्ने बर्ष २७ को कमल रावललाई ७६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    

       यसैगरी, मिति २०८१।१०।०९ गते २२:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बर्गर हाउस नजिकबाट गौरीगंगा न.पा. ११ बस्ने बर्ष २१ को निरञ्जन चौधरी समेत चार जनालाई १ ग्राम ३७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

        कञ्चनपुर:-  मिति २०८१।१०।०९ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १५ गोवरैया स्थित सार्वजनिक पिपलचौतारीबाट सोही ठाउँ बस्ने बर्ष २९ को करन राना क्षेत्रीलाई १.२० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।