अबैंध पेस्तोल जस्तो देखिने हतियार सहित चार जना पक्राउ
२०८१-१०-१०
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१०।०९ गते भारतिय नागरिकले चलाएको गाडिमा हातहतियार बोकेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी उपरीक्षक चक्रराज जोशी को कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा २१:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुर नजिक पुर्ब पश्चिम राजमार्गमा महेन्द्रनगरबाट पश्चिम गड्डाचौकी तर्फ गइरहेको चालक भारत, उधमसिँहनगर जिल्ला, ग्राम खटिमा बस्ने बर्ष ३४ को जिवन सिँह जिमेवालले चलाई रहेको UK 06 AR 0846 नम्बरको कारलाइ रोकी चेकजाँच गर्दा कारको चालक सिट पछाडीको खल्तीमा लुकाई छिपाई राखेको Made by ATAK arms ltd for” J.G.S” cal.9mm P.A.K., ZORAKI MOD.914, 0615-007619 लेखिएको म्याग्जिन, कभर सहितको पेस्तोल जस्तो देखिने हतियार थान १ फेला परेकोमा बरामद उक्त हतियार सहित कारमा सवार भारत, उधमसिँहनगर जिल्ला, ग्राम खटिमा बस्ने बर्ष ३१ को कोमल बिष्ट, बर्ष ३४ को उमेद सिँह अधिकारी र बर्ष २८ को संजय जेठी समेतलाई नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।