आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१०-१०
- A
- A-
- A+
बैतडी:- मिति २०८१।१०।०९ गते १५:०० बजेको समयमा जिल्ला बैतडी, पुर्चौडी न.पा.४ भटना बस्ने डम्मर देव भट्टको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले चार कोठे घरमा दियोबाट आगलागी हुँदा नगद, गरगहना, खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.७,२५,०००।– (सात लाख पच्चिस हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी नियन्त्रणमा आईसकेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।