अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।१० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १ कटान नालापुल, गोदावरी न.पा.३ चौकिडाँडा र टीकापुर न.पा.९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,५४,७९९।– बराबरको मोवाईल ग्लास, जुत्ता, त्रिपाल, डोरी, हरियो मटर, हरियो खुर्सानी, प्लाष्टिक झिल्ली, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।१० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.२ चारधरुवा र दोधारा चाँदनी न.पा.४ झोलुङ्गेबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५७,०००।– बराबरको माछा, खसी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।