स्कुलको मेनगेट भत्किदा बालकको मृत्यु, घाईते
२०८१-१०-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।१० गते १४:३० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.९ गदरिया स्थित जनता माद्यामिक विद्यालयको ग्राउण्ड भित्र बच्चाहरु खेल्ने क्रममा सोही विद्यालयको मेन गेट एक्कासी खस्न गई सोही ठाउँ बस्ने नरेश रानाको छोरा बर्ष अन्दाजी ७/८ को प्रवेश रानाको टाउकोमा चोट लागि गम्भिर घाईते भई उपचारको लागि आफन्तले अस्पताल लैजाने क्रममा मृत्यु भएको र मुकेश चौधरीको छोरा बर्ष अन्दाजी ८ को समिर चौधरीको टाउकोमा चोट लागि निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको ।