प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्कुलको मेनगेट भत्किदा बालकको मृत्यु, घाईते

२०८१-१०-११

  • A
  • A-
  • A+
Share

        कैलाली:- मिति २०८१।१०।१० गते १४:३० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.९ गदरिया स्थित जनता माद्यामिक विद्यालयको ग्राउण्ड भित्र बच्चाहरु खेल्ने क्रममा सोही विद्यालयको मेन गेट एक्कासी खस्न गई सोही ठाउँ बस्ने नरेश रानाको छोरा बर्ष अन्दाजी ७/८ को प्रवेश रानाको टाउकोमा चोट लागि गम्भिर घाईते भई उपचारको लागि आफन्तले अस्पताल लैजाने क्रममा मृत्यु भएको र मुकेश चौधरीको छोरा बर्ष अन्दाजी ८ को समिर चौधरीको टाउकोमा चोट लागि निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको । 


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।