फरार प्रतिवादी पक्राउ
२०८१-१०-११
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७८।०८।२२ गतेको फैसलाले लागू औषध मुद्दामा २ महिना ९ कैद सजाय र रु.२००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ७ सुडा बस्ने बर्ष २४ को सन्देश बोहरालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।१० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।