अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, गोदावरी न.पा. ४ गोदावरी बनदेबि मन्दिर नजिक र कैलारी गा.पा.३ शिवरत्नपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,६४,९१०।– बराबरको कस्मेटिक समान, फेन्सी कपडा, सुर्ती, चक्लेट, कुरकुरे, नल्का, भडावर्तन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।११ गते १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०५,४००।- बराबरको चिनी, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।