अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।११ गते ०५:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.७ जटाशंकर घाटबाट जिल्ला कैलाली, टीकापुर न.पा.१ बस्ने बर्ष २१ को किरण तिमिल्सिना समेत ३ जनालाई ४ ग्राम १८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र spasmo provon plus क्यापसुल ५४३ पिस लागू औषध सहित सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाकुण्डा, कैलालीबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई तिनै जनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीमा बुझाएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८१।१०।११ गते १९:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ पुरानो वडा कार्यालय नजिकबाट ऐ.६ उत्तरवेहडी बस्ने बर्ष २१ को दिनेश भट्टलाई २३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।