अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।१२ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.प.म.न.पा. १९ लल्लीपुर स्थित सोही ठाँउ बस्ने बर्ष २२ को बिष्णु रावल सहित दुई जनालाई चेकजाँच गर्दा निजको साथबाट प्रि-गाभा ट्याब्लेट ६७ पिस लागु औषध सहित इलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८१।१०।१२ गते १६:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिनगर भन्सार व्यारेल नजिकबाट सोही ठाँउ बस्ने बर्ष २४ की ललिता रानाले चलाएको से.६ प.६०५४ नं.को मोटर सईकल र मोटर साईकलको पछाडी सवार बर्ष २४ की मनिता चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ८६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।