प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-१३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१०।१२ गते १५:० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.प.म.न.पा. १९ लल्लीपुर स्थित सोही ठाँउ बस्ने बर्ष २२ को बिष्णु रावल सहित दुई जनाला चेकजाँच गर्दा निजको साथबाट प्रि-गाभा ट्याब्लेट ६७ पिस लागु औषध सहित इलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको, थप अनुसन्धान भईरहेको ।      

      कैलाली:- मिति २०८१।१०।१२ गते १६:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ...पा.३ त्रिनगर भन्सार व्यारेल नजिकबाट सोही ठाँउ बस्ने बर्ष २४ की ललिता रानाले चलाएको से.६ प.६०५४ नं.को मोटर सईकल र मोटर साईकलको पछाडी सवार बर्ष २४ की मनिता चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ८६० मिलिग्राम लागु षध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको   

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।