प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-१४

  • A
  • A-
  • A+
Share

    कैलाली :- मिति २०८१।१०।१३ गते १९.०० बजे धनगढी उ.म.न.पा. ३ ब्यारेल नजिकबाट धनगढी उ.प.म.न.पा. ८ बस्ने बर्ष ३२ को मनिष चौधरीलाई २ ग्राम २१० मिलिग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारी जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरवाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

    कञ्चनपुर :- मिति २०८१।१०।१३ गते २०:४० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. १ बाराकुण्डाबाट सोही ठाँउ बस्ने बर्ष २१ जनक भण्डारी र बर्ष २१ को भुपेन्द्र बिष्ट सहित तीनजनालाई चेकजाँच गर्दा जनक भण्डारीको साथाबट प्लाष्टिक सहित तौल गर्दा ०.३९ ग्राम र शुद्ध तौल गर्दा ०.१४ ग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।