प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-१०-१४

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले विना इजाजत वन पैदावार ओसपसार तथा कटान गरेको मुद्दामा १ महिना कैद र रू.३९,६६६.६६/- (उन्चालिस हजार छ सय छैसट्टी रुपैंया छैसट्टी पैसा) जरिवाना तोकीई फरार रहेको प्रतिबादी जिल्ला कैलाली, गौरीगंगा न.पा. ४ राजीपुर बस्ने वर्ष ३५ को गणेश सापकोटालाई अस्थाई प्रहरी पोष्ट राजिपुर कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।१३ गते निजको घर ठेगानाबाट पक्राउ गरेको  । 

    कैलाली:- फैसला कार्यान्वयनको सिलशिलामा चेक अनादर मुद्धामा रु.१,०००/- जरिवाना तोकी फरार रहेको प्रतिबादी जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.४ बस्ने बर्ष ३२ को दयाराम रानालाई मिति २०८१।१०।१३ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ अदालत रोडबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत कैलालीमा पेश गरेको । 

       

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।