फरार प्रतिवादी पक्राउ
२०८१-१०-१४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले विना इजाजत वन पैदावार ओसपसार तथा कटान गरेको मुद्दामा १ महिना कैद र रू.३९,६६६.६६/- (उन्चालिस हजार छ सय छैसट्टी रुपैंया छैसट्टी पैसा) जरिवाना तोकीई फरार रहेको प्रतिबादी जिल्ला कैलाली, गौरीगंगा न.पा. ४ राजीपुर बस्ने वर्ष ३५ को गणेश सापकोटालाई अस्थाई प्रहरी पोष्ट राजिपुर कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।१३ गते निजको घर ठेगानाबाट पक्राउ गरेको ।
कैलाली:- फैसला कार्यान्वयनको सिलशिलामा चेक अनादर मुद्धामा रु.१,०००/- जरिवाना तोकी फरार रहेको प्रतिबादी जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.४ बस्ने बर्ष ३२ को दयाराम रानालाई मिति २०८१।१०।१३ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ अदालत रोडबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत कैलालीमा पेश गरेको ।