फरार प्रतिवादी पक्राउ
२०८१-१०-१५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा चेक अनादर मुद्धामा रु.१,०००।-जरिवाना तोकी फरार रहेको प्रतिबादी जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका ५ जाई बस्ने बर्ष ४३ को सुरेश ओझालाई मिति २०८१।१०।१४ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत कैलालीमा पेश गरेको ।
कञ्चनपुर:- फैसला कार्यन्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०२।०४ गतेको फैसलाले सार्बजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा रु २,०००/-जरिवाना तोकिएको फरार प्रतिबादि जिल्ला कञ्चनपुर बेदकोट न.पा.१० नयाँगाउ बस्ने बर्ष ३० को बिनोद रावललाई प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले मिति २०८१।१०।१४ निजको घर ठेगानाबाट पक्राउ गरी सम्मानित अदालतमा पेश गरेको ।