अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-१६
- A
- A-
- A+
कैलाली :- मिति २०८१।१०।१५ गते १७:२० बजे जिल्ला कैलाली, टीकापुर न.पा. ९ खक्रौला स्थित सडक खण्डमा जिल्ला कैलाली,जानकी गा. पा. २ बस्ने बर्ष २३ को सिदार्थ भनिने गगन चन्द र जिल्ला दैलेख आठबिस न.पा. ४ मेल्तडि बस्ने बर्ष २३ को दिपेन्द्र माझिलाई ७३० (सात सय तिस) मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर कैलाली र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
डडेल्धुरा :- मिति २०८१।१०।१५ गते २३:०० बजे जिल्ला डडेल्धुरा, आलिताल गा.पा. १ चपरचानीबाट जिल्ला डोटी जोरायल गा.पा. ३ चनकट्टे बस्ने वर्ष २२ को जितेन्द्र खत्रिलाई कालो प्लाष्टिक सहितको तौल गर्दा ०.६५ मिलिग्राम र शुद्ध तौल ०.४३ मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।