फरार प्रतिवादी पक्राउ
२०८१-१०-१६
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यन्वयनको सिलसिलामा सम्मानित अदालतबाट भवितब्य ज्यान मुद्धामा मिति २०६८।०२।२५ गते फैसला भई रु.२००।- जरिवाना तोकी फरार रहेको जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.२ पुरानोबस्ति बस्ने हेमराज न्यौपाने, गाली बेइज्जति मुद्धामा मिति २०६१।०८।१२ गते फैसला भई रु.५००।- जरिवाना तोकी फरार रहेको जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ बस्ने बेल बहादुर राना र गाली बेइज्जति मुद्धामा मिति २०६१।०७।२४ गते फैसला भई रु.२००।– जरिवाना तोकी फरार रहेको जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.५ बस्ने भक्त बहादुर सुनारलाई मिति २०८१।१०।१५ गते इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित अदालतमा पेश गरेको ।