प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-१७

  • A
  • A-
  • A+
Share

    कैलाली :- मिति २०८१।१०।१६ गते १८:२० बजे जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ मनेहराबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोहि ठाँउ बस्ने बर्ष २९ को सचिन सिंहलाइ १७ ट्याब्लेट नाईट्राभेट लागु औषध सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

    यसैगरी मिति २०८१।१०।१६ गते १९:३० बजे जिल्ला कैलाली, टिकापुर न.पा. ९ खक्रौला स्थित सडक खण्डमा प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला लम्कीचुहा न.पा. १ बस्ने  बर्ष २१ को समिर चौधरी र बर्ष २१ को आकाश तिमिल्सिनालाई ४४० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

     अछाम:- मिति २०८१।१०।१६ गते १८:४५ बजे जिल्ला अछाम, मंगलसैन न.पा.३ बसपार्क स्थित सडकखण्डबाट प्रहरी चौकी मंगलसेन अछामबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला जानकी गा.पा.१ बस्ने बर्ष २२ को रोहित बि.क.लाई खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ २८० मिलिग्राम सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।