प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-१०-१८

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१०।१७ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३, धनगढी उ.म.न.पा. ४ सब्जिमण्डी, बसपार्क, धनगढी उ.म.न.पा. १८ थापाघाट, भजनी न.पा. ७ हिम्मतपुर र गोदावरी न.पा. ४ हनुमान मन्दिर नजिकबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.  ४,२९,८५०।– बराबरको लेडिज सुट, साडी, झोला, ट्रयाक सुट, पि-क्याप, एयर बोर्ट, मो.सा.का बिभिन्न पाटपुर्जा, मुगफलि (बदाम), सुर्ति, गुड्खा, बिडी, तम्माखु लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

   कञ्चनपुर:- मिति २०८१।१०।१७ गते कञ्चनपुर जिल्लाको बेलौरी न.पा. ४ बेलौरी बजारबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. ३२,१९०।– बाराबरको सुर्ती, गुट्खा, बिडि, सलाइ, बिष्कुट, तेल, कुरकुरे लगायतका किराना सामानहरु इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।