अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।१८ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरुबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. २,१२,२२०।– बराबरको दाल, चिनी, चियापत्ति, खुर्सानी, बदाम, प्याज, सुर्ति, गुड्खा, बिडी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।१८ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थानहरुबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. २,९३,१००।– बराबरको मोबाईलका डिस्प्ले, हाउजिङ्ग, मोबाईलका पार्टस, दाल, चियापत्ती, कपुर, खुर्सानी, बदाम, T सर्ट, ट्राउजर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।