अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।१८ गते १६:३० बजेको समयमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका-७ मनेहराबाट १३० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २४ को राजन जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८१।१०।१८ गते १६:०० बजेको समयमा कञ्चनपुर जिल्ला पुनर्वास न.पा. -५ बेलौरी बाट सु.प.प्र.०१-००८ प ३८१८ नं.को मोटर साईकलमा सवार जिल्ला कैलाली गोदावरी नगरपालिका -३ बस्ने बर्ष ३२ को सन्तोष भट्ट र सोही ठाँउ बस्ने अन्दाजि बर्ष ३६ को उद्धबराज भट्टलाई १ ग्राम ९१० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, थप अनुसन्धान भईरहेको ।
यसैगरी मिति २०८१।१०।१८ गते कञ्चनपुर जिल्ला पुनर्वास न.पा.- ११ डोकेबजारबाट ७५० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित दुई किसोरलाई प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, थप अनुसन्धान भईरहेको ।