लागुऔषध सहित मानिस पक्राउ
२०७९-११-१३
- A
- A-
- A+
कैलाली ; मिति २०७९/११/१३ गतेको दिउसो ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी न.पा.२ पहाड रोड नेचुरल होटेल नजिकैबाट चेकजाँच गर्दा जिल्ला डोटी जोरायल गा.पा.४ बस्ने बर्ष ३१ को भिम बहादुर मडैको साथबाट १ ग्राम ७०० मिलिग्राम र ऐ.२ बस्ने बर्ष २५ को उद्वब बहादुर बि.क.को साथबाट १ ग्राम ३०० मिलिग्राम लागु औषध खैरो फेला पारी निजहरुलाई पक्राउ गरेको । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।