अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।१९ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु गोदावरी न.पा. ०४ बनदेवी नजिक, भजनी न.पा.०७ हलौना घाट र भजनी न.पा.०६ नवलपुरबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. १,१९,३५०।– बराबरको सुर्ति, गुड्खा, बिडी, सिद्रा माछा, रातो/सेतो कोरो कपडा, तौलिया, खादा, सिसाको कचौरा, कप सेट, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।