अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १० चकमेलीघाट नजिक र कैलारी गा.पा.५ पवेराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,३४०।– बराबरको प्याज, चिनी, हरियो मटर, बिडी सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. ६ ऐठपुर र बेलौरी न.पा. ६ प्रेमनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९,२०,९५०।– बराबरको माछा, सुट पिस, धोती, चप्पल, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।